राष्ट्रिय एकतालाई बलियो बनाउँछु : उपराष्ट्रपति यादव

बारा- नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संबिधानको पालना, संरक्षण र राष्ट्रिय एकतालाई मजबुत बनाउनुपर्ने बताउनु भएको छ । यसको लागि आफु इमान्दारिताका साथ काम गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

उपराष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला र गढीमाई मन्दिरको दर्शन गर्न बारा पुग्नुभएका यादवले कसैलाई पनि भेदभाव नगरी सबैलाई समेटेर काम गर्ने बताउनु भएको छ ।

आफू सामान्य गरिब परिवारमा जन्मेको र पढे, लेखेर शिक्षण पेशा अपनाएर राजनीतिमा लाग्दा आज देशकै उपराष्ट्रपति बन्न सफल भएको उहाँले बताउनु भयो ।

‘देशको विकासको लागि सबै नागरिक शिक्षित हुनुपर्ने बताउँदै देशको शिक्षा र स्वास्थ्य क्षेत्रको लागि आँफूले सक्दो पहल गर्ने यादवको भनाइ थियो।

हिजो कुनै पार्टीको सदस्य भएको कारण उपराष्ट्रपति बनेपनि उपराष्ट्रपति भए पछि म कुनै पार्टीको सदस्य रहिन अब नेपालको उपराष्ट्रपति मात्रै हुँ यादवको भनाइ थियो ।

कार्यक्रम मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले गढीमाई मन्दिरलाई पर्यटकीय रुपमा विकास गर्नको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले उपराष्ट्रपति र मुख्यमन्त्रीसँग गढीमाई मन्दिर क्षेत्रको विकासमा सहयोग गर्न माग गर्नुभएको थियो ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि खाली भएको बारा- २ को निर्वाचन क्षेत्रबाट वैशाख १० गते हुने भएको छ । जहाँ जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव लड्ने चर्चा छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.