इस्मा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने

गुल्मी- गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाले ५५ वर्ष माथिक एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरुप मासिक १ हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो ।

पालिकाले वार्षिक निति तथा कार्यक्रम बमोजिम एक पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो । हालसम्म पालिकाभित्र रहेका ७० जना एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउने तथ्याङक रहेको छ ।

राज्यले एकल महिलाई पुनरुत्थान गर्न सामाजिक सुरक्षा भत्ता दिने गरेपनि एकल पुरुषलाई बिभेद गरेकाले गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिन थालिएको उपाध्यक्ष कुँवलरे बताउनुभयो ।

एकल महिला पुरुषको बिभेदलाई न्यूनिकरण गर्नुपर्छ भनेर पालिकाभित्रका एकल पुरुषलाई भत्ता दिन थालेको गाउँपालिकाले जनाएको छ । एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने नविक प्रकृतिको कार्य भएको कुँवरले दावी गुर्नभयो । पुरुषले वडाबाट एकल पुरुषको सिफारिसको आधारमा भत्ता पाउने छन् ।

पालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन परिचयपत्र बनाउने कार्य गरिरहेको छ । पालिकाभित्रका एकल पुरुषले अरु सरह सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बेलामा उनिहरुलाई पनि वितरण हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.