सिक्किम हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु

काठमाडौं- सिक्किमको गान्तोक-नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । घटनामा अन्य चार जनाको मृत्यु भएको जनाइएको छ ।

हिमपहिरोमा परी अन्य १२ जना घाइते भएको इन्डियन एक्सप्रेसले जनाएको छ । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।

स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०/३० जना पर्यटक पुरिएको आशंका गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.