ताप्लेजुङमा बालुवाले भरिएको डोको बोकेर दौडिने प्रतियोगिता

ताप्लेजुङ- ताप्लेजुङमा बालुवाले भरिएको डोको बोकेर दौडिने प्रतियोगिता अर्थात ‘डोको क्यारी रन’ प्रतियोगिता सम्पन्न भएको छ ।

१५ किलोग्राम बालुवासहितको डोको बोकेर प्रतियोगीहरुले १३ किलोमीटरको दुरी पार गर्न प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा निर्धारित दुरी १ घण्टा ४ मीनेट ३१ सेकेण्डमा पार गर्दै फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू बिजयी भएका छन् ।

१ घण्टा ४ मीनेट ४४ सेकेण्डमा दुरी पार गर्दै मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोश्रो र १ घण्टा ५ मीनेट ३० सेकेण्डमा दुरी पार गरेर फक्ताङलुङ गाउँपालिकाका छत्रबहादुर बहादुर कार्की तेश्रो भएका छन् ।

ताप्लेजुङमा सञ्चालित दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अवसरमा डोको क्यारी रन प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.