मिटरब्याज पीडितको दोस्रो समूहसँग आजदेखि वार्ता सुरु

काठमाडौं- सरकारी वार्ता टोलीले आजदेखि मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सुरु गरेको छ । शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको स्थानमा पुगेर आज पहिलो चरणको वार्ता गरिएको सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

“आज दुवै तर्फका वार्ता टोलीबीच परिचय भयो, भोलि १० बजे गृह मन्त्रालयमा वार्ता गर्ने सहमति भएको छ, कोइरालाले भन्नुभयो, “दुवै पक्ष पीडितकै तर्फबाट कसरी समस्या समाधान गर्न सकन्छि भन्नेमै रहेकाले प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय मुख्य छ ।”

यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले छ बुँदे माग राखेका छन् । उनीहरुले १८ जिल्लाका संयोजक रहने गरी १९ जनाको आजै वार्ता टोली गठन गरेका थिए ।

मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरु विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पत्ति छानबिन लगायतको माग आफूहरुको रहेको सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.