रास्वपा सांसद श्रेष्ठ पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठको सांसद पदबाट निष्काशन गरेको छ।

पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको साधारण सदस्यसमेत खारेज गरेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग अडियो प्रकरणमा विवादित बनेका श्रेष्ठमाथि पार्टीले साधारण सदस्य नरहने गरी कारवाही गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका सभापति रवि लामिछानेले जानकारी दिनुभएको हो ।

अनुशासन समितिको शिफारिसमा केन्द्रीय समितिले आज कारवाही गरेको सभापति लामिछानेले  बताउनुभयो ।

अब श्रेष्ठको ठाउँमा रास्वपाले निर्वाचन आयोगमा पहिले पठाएको बन्द सूचीबाट अर्को समानुपातिक सांसद शिफारिस गर्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.