ओखलढुंगामा लागेको सबै वन डढेलो नियन्त्रणमा आए (फोटो फिचर)

ओखलढुंगा- केही दिन अघिदेखि मानव नियन्त्रणबाहिर रहेका ओखलढुंगाका सबै वन डढेलो नियन्त्रणमा आएका छन् । शुक्रबार दिउँसोसम्म अनियन्त्रित डढेलो पानी परेपछि नियन्त्रणमा आएका हुन् ।

जिल्लामा केही दिनदेखि नियन्त्रण प्रयास भइरहेका पाँचवटा डढेलो शुक्रबार साँझ पानी परेसँगै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका ओखलढुंगाका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले जानकारी दिनुभयो ।

गत चैत २० गतेदेखि वैशाख ८ गतेसम्म जिल्लामा १४ वटा सामुदायिक वनमा वन डढेलो लागेको छ । वन डढेलोले हालसम्म जिल्लामा ९ सय २७ हेक्टर क्षेत्रमा फैलिएको सामुदायिक वन क्षति गरेको डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएको छ ।

वन डढेलोले ठूलो मात्रामा वन क्षेत्रमा रहेका वन पैदावार नष्ट गरेको छ । अघिल्ला वर्षको तथ्यांकको आधारमा जिल्लामा अझै वन डढेलोका घटना हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.