नुवाकोटको वेतिनीमा ७० लाख रुपैयाको लागतमा मुर्ति प्रतिस्थापन

नुवाकोट- नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको वेतिनीमा ७० लाख रुपैयाको लागतमा मुर्ति प्रतिस्थापन गरिएको छ । मुर्तिलगायतका संरचना दश रोपनी क्षेत्रफलमा फैलिएको छ ।

दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापन गरिएको हो । स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति अर्थमन्त्री डा. प्रकाशरण महतले प्रतिस्थापना गर्नुभएको हो ।

बेतिनीस्थित नाम्सापुरानमा निर्माण गरिएको सो मुर्तीलाई अझै थप व्यवस्थित बनाउन बाँकी रहेको गुम्बा व्यवस्थापन समितिले जनाएको छ । दुप्चेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारमार्फत हालसम्म ३८ लाख प्राप्त भएको र बाँकी ३२ लाखभन्दा बढी रकम स्थानीयवासीले चन्दा सङ्कलन गरेर मूर्ति निर्माण गरिएको हो ।

एक हजार दुई सय वर्षअघि बुद्धधर्मको प्रचारका लागि विशेष गरेर तिव्बत र नेपाली भूमिमा समेत योगदान पुर्‍याएका ‘गुरु पद्मसंभव’लाई बौद्ध धर्मावलम्बीले सिद्धार्थ गौतम बुद्धपछिको ‘दोस्रो ठूलो भगवान’को अवतारका रूपमा पुज्ने गरेका छन् ।

‘बेतिनीका ६ सयभन्दा बढी घरधुरीको साझा सम्पदाका रूपमा निर्माण गरिएको पद्मसंभवको मूर्ति नै सो क्षेत्रको पहिलो र बौद्धमार्गीको एकमात्र आस्थाको केन्द्र हो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.