फेवाताल बिचमा रहेको बाराही मन्दिर पुनः निर्माणको काम शुरु

कास्की- पोखराको फेवाताल बिचमा रहेको बाराही मन्दिर पुनः निमाण गर्ने काम शुरु भएको छ । २०७२ सालको भुकम्पका कारण मन्दिरको तल्लो भागको जगलगाएत बिभिन्न भागमा चर्केर जीर्ण भएकोले मन्दिरको पुनःनिर्माण शुरु गरिएको हो ।

लामो समयदेखि मन्दिर चर्केर जीर्ण बन्दै गएको र जगदेखिनै दक्षिणतर्फ करिब ३ ईन्च ढल्किएर जोखिम बढ्दै गएपछि नित्य पुजापाठ र भक्तजनहरुलाई समेत पूजाअर्चनामा समस्या भएको थियो ।

आगामी एक बर्षभित्र निर्माणको काम सम्पन्न हुने गरी काम गर्ने तैयारीसहित मुख्य मन्दिर भत्काइएपछि भक्तजनहरुका लागि पूजापाठका लागि बैकल्पिक क्षेत्रमा ब्यवस्था मिलाई पूजापाठलाई निरन्तरता दिइएको छ ।

ताल बाराही गुठी ब्यवस्थापन समितिको एक करोड ४४ लाख, भक्तजनहरुबाट प्राप्त दान तथा चन्दा र पुरातत्व बिभागबाट प्राप्त हुने २५ लाख रुपैयाको लगानी र बिभागकै प्रबिधिक सहयोगमा मन्दिरको पुनःनिर्माण हुने ताल बाराही गुठी ब्यबस्थापन समितिले जनाएको छ ।

स्वदेशी र बिदेशी गरी हरेक बर्ष पोखरा घुम्न आउने पर्यटकमध्ये करिब ५ देखी ७ लाखको हाराहारीमा धार्मिक पर्यटकहरु तालवाराही मन्दिरको दर्शन गर्न आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.