तामझाम बिनाको राष्ट्रपतिको सवारी

काठमाडौं- राष्ट्रपतिको सवारी भन्ने बित्तिकै खाली सडक, गाडीहरूको ताँती, सुरक्षाकर्मीको बाक्लो उपस्थिति भन्ने सर्वसाधारण जनताको मानसपटलमा आउँछ । तर राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज संघीय संसद भवन नयाँ बानेश्वर पुग्नुहुँदा सडकमा देखिएको दृश्य भने फरक देखियो ।

उहाँ सडक खाली नगरी अन्य सवारी साधन पनि निर्वाध चलिरहेको अवस्थमा शितल निवासबाट संघीय संसद भवन नयाँ बानेश्वर पुग्नुभयो । राष्ट्रपति संसद भवन प्रवेश गरेपछि मात्रै परम्परागत रिसल्ला सहितको सवारी व्यवस्था मिलाइएको थियो ।

सवारीका वेला न कुनै तामजाम न त सडकको छेउछाउम शुरक्षाकर्मीको बाक्लो उपस्थिति नै थियो । कुनै सास्ति र हैरानी सृर्जना नगरी राष्ट्रपति संसद बैठकमा पुग्नु भएको थियो । यस अघिका राष्ट्रपतिको सवारीमा सडक पुरै खाली गराउँदा जनताले लामो जामको सास्ती खेप्नु परेको भन्दै नागरिक स्तरबाट चौतर्फी आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.