संसदमा आज पनि नीति तथा कार्यक्रमाथि छलफल जारी रहने

काठमाडौं- सरकारको नीति तथा कार्यक्रमामाथि आज पनि छलफल हुनेछ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि गत जेठ ७ गते देखी छलफल सुरु भएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले सम्बोधन गरिसक्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.