मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौैं- मन्त्रिपरिषद्को बैठकले जापान सरकारबाट मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) तेस्रो चरण, प्रथम ब्याचका लागि प्राप्त हुने करिव ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले भन्सार महसुल सम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि शिक्षाको लागि विश्वब्यापी साझेदारीबाट प्राप्त हुने १९.७० मिलियन अमेरिकी डलर बराबराको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद बैंठकले गरेको छ ।

यस्तै विदालय क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १२० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता पनि स्वीकार गर्ने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो ।

सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.