भरतपुरमा धमाधम भूमिगत सिँचाई सेवा सुरु, स्थानीय किसान उत्साहित

चितवन- भरतपुर महानगरको सुख्खा क्षेत्रमा बोरिङमार्फत सिचाई सेवा सुरु भएपछि किसान उत्साहित भएका छन् । भू-निःशुल्क बोरिङ गरी सिंचाईको ब्यवस्था गरेपछि किसान थप उत्साही बनेका हुन् ।

भरतपुर महानगरको सहकार्य र समन्वयमा चितवन भूमिगत संयोजनात्मक जल सिंचाई आयोजनाले निःशुल्क बोरिङ गरी सिंचाईको व्यवस्था गरेको हो । भूमिगत सिंचाइ सुरु भएपछि आर्थिक भार हटेको स्थानीय बताउँछन् । सिंचाइ हुन थालेपछि पानी कुर्नु पर्ने झन्झटबाट समेत यहाँका स्थानीयले मुक्ति पाएका छन् ।

सिचाईका लागि पावर डिप बोरिङ जडान गरी सिंचाईको ब्यवस्था गरेपछि किसानले राहतको महसुस गरेका छन् । सिंचाईको अभावमाा पशुलाई घाँस पनि राम्रोसंग उब्जनी नहुने जमिनमा यतिबेला निकै लोभलाग्दो गरी मैकै खेती काँक्रा तथा तरकारी उत्पादन गर्न किसाहरु सफल भएका छन् ।

सोही आयोजना अन्तर्गतको भरतपुर २२ मा पर्ने दुई वटा गर्भेटाँडी डिप ट्युबेल जल उपभोक्ता समिति र पदमपोखरी डिप ट्युबेल जल उपभोक्ता समिति भूमिगत सिँचाईको डिप बोरिङको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले उद्घाटन गर्नुभएको हो ।

चितवन जिल्लाको दश हजार ५ सय हेक्टर जमिनमा बाह्रै महिना दिगो, भरपर्दो र सर्वसुलभ ढंगले सिंचाई सुविधा उपलब्ध गराउने अभियान अन्तर्गत भरतपुरमा मात्रै २१ हेक्टर जमिनमा अब बाह्रैमास सिचाई पुगेको आयोजना प्रमुख देवकुमार स्याङ्बोले बताउनुभयो ।

भरतपुरमा ३ सय ६० वटा स्यालो ट्युवेलर ७० वटा डिप ट्युबेल निर्माण गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.