तम्घास बजारको सडक पुनः कालोपत्रे गर्ने कार्य सुरु

गुल्मी- गुल्मी जिल्ला सदरमुकाम तम्घास बजार क्षेत्रको बाटो पुनः कालोपत्रे गर्न थालिएको छ । तम्घास बजारमा क्षेत्रमा रहेको पक्की बाटो भत्कीएसँगै सवारी साधानहरुलाई आवत–जावत गर्न जोखिम बन्नुका साथै बजारको सुन्दरता समेत हराउँदै जान थालेको थियो ।

कालोपत्रे सडक बजारका बिभिन्न ठाउँमा भत्कीएर जीर्ण बनेपछि पुनःकालोपत्रे गर्न थालिएको हो । बजार क्षेत्रको सडक बिभिन्न समयमा मर्मत गर्ने काम पनि भएकै हो । तर बारम्बार बर्खाको समयमा सडकको अवस्था झनै जीर्ण बन्दै गएको थियो ।

तम्घास बजार क्षेत्रमा करिब २० वर्ष पहिले कालोपत्रे गर्ने कार्य गरिएको थियो । तर कालोपत्रे गरेको वषौं पछि सडकमा खानेपानीका पाइपहरु लगायत बिभिन्न निर्माण कार्यका कारणले सडक जीर्ण बन्दै गएको थियो ।

अहिले बजारलाई सुन्दर शहर बनाउने उदेश्यले पुनः कालोपत्रे गर्ने कार्य अगाडी बढाइएको हो । तम्घास बजारमा पुन कालोपत्रे गर्ने कार्य तिब्र गतिमा काम भइरहेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

बजार क्षेत्रमा सडक जीर्ण हुँदा नागरिकले निकै शास्ती खेप्नु पर्ने अबस्था अब केहि दिनमै अत्य हुने पन्थीले बताउनुभयो । यहि गतिमा काम भए अबको २ साताभित्र काम सम्पन्न हुने नगरप्रमुख पन्थीको भनाई छ ।

यसैगरी बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका बिद्युत, टेलिकम र इन्टरनेटका तारलाई पनि हटाउन थालिएको छ । बजारक्षेत्रका होचा र काठका पोल हटाएर अग्ला पोलमा अव्यवस्थित तारलाई व्यवस्थित बनाउने कार्य पनि अगाडी बढेको छ ।

बजार क्षेत्रमा जीर्ण सडक, अव्यवस्थित तार र सडक चौडा बनाउने उदेश्यले घरका पेटी हटाउने कार्यले सुन्दर तम्घास बजार बनाउने अठोट नगरपालिकाले लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.