प्रधानमन्त्रीले यही जेठ १७ देखि भारत भ्रमण गर्नुहुने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ गतेदेखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहालले चार दिवसीय भ्रमण गर्न लाग्नुभएको हो । भ्रमणमा प्रधानमन्त्रीको साथमा उहाँका स्वकीय सचिवसमेत रहनुभएकी छोरी गङ्गा दाहाल रहनुहुनेछ । त्यस्तै प्रधानमन्त्रीको भ्रमणदलमा मन्त्रीहरू, सचिवहरू र उच्चपदस्थ सरकारी कर्मचारीको सहभागिता रहनेछ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा जेठ १८ गते भारतीय प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्रीस्तरीय द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ । द्विपक्षीय भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना हुनेछ । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवाभोजको आयोजना गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखेरसँग भेटवार्ता गर्नुहुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको ‘बिजनेस समिट’लाई सम्बोधन एवं अन्तक्र्रिया गर्नुहुनेछ ।

यस्तै प्रधानमन्त्रीले भारतमा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्नुहुनेछ । यस्तै भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

त्यस्तै भ्रमणका क्रममा प्रधानमन्त्रीले मध्यप्रदेशस्थित उज्जैन र इन्दोरको भ्रमण गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो । प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र भारतबीचको सदिआँै पुरानो बहुआयामिक र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.