गुल्मी अस्पताललाई सी-आम मेसिन प्रदान

गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा नरगपालिकाले गुल्मी अस्पतालको लागि आवश्यक सी–आम मेसिन प्रदान गरेको छ । नगरपालिकाले २८ लाख रुपैयाँमा खरिद गरेको उक्त मेसिन एक कार्यक्रमका बीच नगरप्रमुख खिलध्वज पन्थीले गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेलाई हस्तातरण गर्नुभएको हो ।

गुल्मी अस्पतालमा हाडजोर्नी सेवा दिनका लागि रेसुङ्गा नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराएर बिशेषज्ञ डक्टर राखिएको छ । हाडजोर्नी उपचारको क्रममा आवश्यक पर्ने सी–आम मेसिन आबश्यक रहेकाले नगरपालिकाले अस्पताललाई प्रदान गरिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

हाडजोर्नी उपचारको क्रममा आवश्यक पर्ने सी–आम मेसिनको अभावका कारण उपचारमा समस्या हुने गरेको थियो । गुल्मी अस्पतालमा अहिले हाडजोर्नीको उपचार हुनथालेपछि यहाँका बिरामीलाई राहत भएको छ ।

जिल्लामा बिशेषज्ञ डक्टरको अभावमा हाडजोर्नीको सानो समस्या हुँदा पनि अन्यत्र जानुपर्ने अवस्था रहेको थियो । तर अहिले जिल्लामै उपचार गर्न हाडजोर्नी बिशेषज्ञ डक्टर प्रदीप शिवाकोटीले सेवा दिँदै आउनु भएको छ ।

गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० जना बिरामीले हाडजोर्नीको उपचार गराउँदै आएका छन् । जसमा ५ देखि ७ जनाले जन्मजात हातखुट्टा बाङ्गाटिङ्गा समस्याको उपचार गराएका छन् ।

अहिले गुल्मीमै जन्मजात हातखुट्टा बाङ्गाटिङ्गा हुने समस्याबाट ग्रसित गुल्मेली नागरिकले जिल्लामै सहज उपचार पाउन थालेका छन् । हातखुट्टा बाङ्गाटिङ्गाको समस्या हुँदा पाल्पा, बुटवल र काठमाडौं पुग्ने बाध्यता रहेका गुल्मेलीले गुल्मी अस्पतालबाटै सहज उपचार पाएपछि निकै राहात भएको छ ।

भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालेको छ । ०७१ सालमा ५० शैययामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् ।

आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि ५ तलाको नयाँ भवन बन्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.