चण्डेश्वरी मन्दिरलाई प्रदूषणमुक्त मन्दिर घोषणा गर्ने अभियान (फोटो फिचर)

काभ्रे- बनेपामा रहेको चण्डेश्वरी मन्दिरलाई प्रदूषणमुक्त मन्दिर घोषणा गरिने भएको छ । धार्मिक पर्यटनलाई प्रबर्द्धन गर्नका लागि मन्दिरलाई प्रदूषणमुक्त घोषणा गर्ने तयारी भएको छ ।

प्रदूषणमुक्त मन्दिर घोषणा गर्ने अभियानअन्तर्गत मन्दिर सरसफाई गर्नुका साथै मन्दिर परिसरमा फोहर राख्ने डस्टबिन राखिएको छ । जिल्ला डिभिजन वन कार्यालय काभ्रेको आयोजना र बनेपा नगरपालिका र चण्डेश्वरी विकास संस्थाको सहकार्यमा चण्डेश्वरी मन्दिरलाई प्रदूषणमुक्त मन्दिर घोषणाको तयारी भएको जिल्ला वन डिभिजन वन कार्यालय काभ्रेका सहायक वन अधिकृत न्हुछे कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको कार्यक्रम अन्र्तगत सो अभियान सुरु गरिएको हो । त्यस्तै मन्दिर परिसरमा सरसफाई सम्बन्धि चेतनामूलक डिस्प्ले बोर्ड पनि राखिएको उहाँले जानकारी दिनुभयो ।

धार्मिक धरोहर क्षेत्रको संरक्षण तथा धार्मिक पर्यटन प्रर्बद्धनका लागि अभियान स्वरुप प्रदूषणमुक्त मन्दिर घोषणा गर्ने कार्यक्रम तयारी भइरहेको छ । जसअन्तर्गत आजबाट मन्दिर परिसरको सरसफाईको कार्यक्रम सुरु गर्नुको साथै सरसफाईका लागि २६ वटा डस्टबिन वितरण गरिएको छ ।

उनका अनुसार, यस कार्यक्रमलाई निरन्तरता दिनका लागि बनेपा नगरपालिका र चण्डेश्वरी विकास संस्थाको सहकार्य भइरहेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य,प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भागेन्द्र पुरुष ढकाल, राष्ट्रिय अनुसन्धानका प्रमुख राजन प्रजापति , इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोरा, जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.