दुर्गम गाउँमा पहिलोपटक बस पुग्दा….. (फोटो फिचर)

स्याङजा- स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं ४ गलेम गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयहरुमा खुशियाली छाएको छ । पैदल हिंडेर बाटोसम्म पुग्न घण्टौ समय लाग्ने उक्त स्थानमा बस पुगेपछि भने बजार तथा सदरमुकाम पुग्न सहज भएको छ ।

सर्केटारी, आरुखर्क, गलेम, पञ्चासे ग्रामीण सडक अन्तर्गत आरुखर्क–गलेमको भीरखण्डमा ट्रयाक खुलेपछि गलेम गाउँमा पहिलोपटक बस पुगेको हो । आफ्नो जन्मथलोमा पहिलोपटक बस पुगेपछी स्थानीयहरु खुसीले फूलमालाले स्वागत गरेका छन् ।

गण्डकी प्रदेश सरकार, संसद बिकास कोष, सर्केटारी, गलेम, पन्चासे ग्रामीण सडक उपभोक्ता समिति तथा फेदीखोला गाउँपालिकाको सहकार्यमा करिब १ करोड ४५ लाख रुपैयाँको लागतमा कडा चट्टान पार गरी गाउँमा बाटो पुर्‍याइएको हो ।

यातायातको सुबिधा नहुँदा सुगम ठाउँमा बसाइ सर्न बाध्य रहेका गलेमका स्थानीयहरु गाउँमा बाटो पुगेपछी गाउँमा चहलपहल हुनुका साथै उत्पादन भएका कृषिजन्य उत्पादनले बजार पाएको बताउँछन् । विरामी हुँदा अस्पतालको मुख नै नदेखि कतिको ज्यान गएको अवस्थालाई उक्त सडक निर्माणले सहजिकरण गरेको छ ।

आफ्नो जन्मभूमि गलेम गाउँमा पहिलोपटक मिनीबस चढेर आउन पाउँदा हर्षका आँसु आएको सर्केटारी–आरुखर्क–गलेम–पञ्चासे सडक उपभोक्ता समितिका अध्यक्ष ८४ वर्षीय मेजर दिलबहादुर गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.