नारायणी नदीकिनारका अवैध संरचना स्थानीय आफैँले भत्काउन सुरु

चितवन- नारायणी नदीकिनारमा निर्माण गरिएका अवैध संरचनाहरु घरधनीले स्वस्फूर्तरुपमा आँफै भत्काउन सुरु गरेका छन् ।

नदीकिनारमा अवैध ढंगबाट निर्माण गरिएका घरहरुमा भरतपुर महानगरपालिकाले डोजर चलाउने भएपछि नारायणी नदीकिनारका घर धनीहरु आँफै महानगरको अभियानलाई सहयोग गर्ने भन्दै आफ्नो घर आँफै भत्काउन सुरु गरेका हुन् ।

महानगरपालिकाभित्रका सार्वजनिक जग्गा संरक्षण गर्न वडा नं-१ बाट काम थालनी गरिएको र अभियानको सुरुआतमै घरधनी आँफैले भत्काएर राम्रो उदाहारण पेस गरेको महानगरको अभियानको निरीक्षण गर्न पुग्नुभएकी महानगर प्रमुख रेणु दाहालले बताउनुभयो । संरचना बनाउनेले आँफै नहटाए मात्र बल प्रयोग गर्ने नीति महानगरको रहेको पनि उहाँले बताउनुभयो ।

महानगरभित्र २९ वटा वडामा रहेका अवैध संरचना, सरकारी जग्गामा मापदण्ड विपरितका अवैध संरचना यकिन गर्ने काम सम्पन्न भइसकेको प्रमुख दाहालले जानकारी दिनुभयो । उहाँले विभिन्न प्रकृया पुरा गरेर, नाप जाँच, घरधनीलाई पत्र दिने, मार्किड गर्ने कार्य सकिएकाले अब भने संरक्षण गर्ने कार्यतर्फ अगाडि बढेको बताउनुभयो ।

महानगरले नारायणी नदीकिनारका अवैध संरचना भत्काउने भएपछि समृद्ध र सुसंस्कृत महानगरको परिकल्पनालाई साकार पार्न भन्दै स्थानीयले अवैध संरचना आफै भत्काउन सुरु गरेपछि महानगरपालिकाले खुसी व्यक्त गरेको छ ।

अनुगमनमा प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.