प्रधानमन्त्री प्रचण्डद्वारा पशुपतिनाथ मन्दिर अवलोकन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ पशुपति क्षेत्रको निरीक्षण र अवलोकन गर्नुभएको छ । त्यस क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गर्नुभएको थियो ।

उहाँलाई सो क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्त्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले विश्व सम्पदाका रुपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताउनुभयो। उक्त निरीक्षण अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, उर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ पशुपतिनाथ मन्दिरमा पुग्नुहुँदा उहाँलाई संस्कृति सुदन किरातीले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलागयतले स्वागत तथा बिदाइ गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.