सवारी साधनमै पुगेर नागरिकता प्रदान

गुल्मी- जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसिकोट नगरपालिकाका अपांगता भएका दुई जनालाई सवारी साधनमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासन कार्यालयको परिसरमा नागरिता लिन पुगेका जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–१ निवासी पार्वती थापा मगर र वडानम्बर ५ निवासी निर्मल खरेलेलाई प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सवारी साधनमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।

नागरिकता लिने थापा र खरेल जन्मजात पूर्ण अपांगता भएका व्यक्ति हुन् । उनि अपांगता भएकै कारणले नागरिता प्राप्त गर्न सकेका थिएनन् । नागरिता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका थापा र खरेलले कुनैपनि कार्यगर्न नसक्ने भएकाले प्रशासनका कर्मचारीको सहयोगमा गाडिमै नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । पूर्ण अपांगता भएका पार्वती र निर्मल नागरिता बनाएपछि सामाजिक सुरक्षा भत्ता सहज हुने भएको छ ।

छोरीको नागरिकता बनाउन पुगेकी छमि थापा मगरलेले सावारी साधनमै नागरिकता प्रदान गरेकोमा प्रशासन कार्यालाई धन्यवाद दिइन । जिल्ला प्रशासन कार्यालय गुल्मी पूर्ण अशक्त नागरिकको घरमै गएर नागरिकता प्रदान गर्ने गरेको छ ।

नागरिकता नभएकै कारण राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित नहोउन भन्ने उदेश्यले बिभिन्न समयमा नागरिकको घरदैलोमै पुगेर पनि नागरिकता प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासनकीय अधिकृत नरेश गिरीले बताए । सेवाग्राही मैत्री सेवा र सुविधाहरु प्रवाह गरिरहेको बताउने जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई अझै समय सापेक्ष बनाउदै लगेको छ ।

प्रशासन कार्यालयको गेट अगाडि सहजिकरणका लागि खुलेका पसलबाट सेवा लिनुपर्ने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयको सेवाका लागि अतिरिक्त रकम तिर्नुपर्ने बाध्यता थियो । तर अहिले जिल्ला प्रशासन कार्यालयले निःशुल्क रुपमा पासपोर्ट र अन्य विभिन्न प्रकारका निवेदनहरु लेखिदिन थालेपछि सहज भएको छ ।

निःशुल्क रुपमा पासपोर्ट अनलाईन फारम भर्ने, निवेदन तयार गर्ने, कुन कक्षमा कुन सेवा पाईन्छ भन्ने बारे जानकारी दिने सेवा सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिने सेवा ग्रहीलाई असहज भएको छ । अहिले विचौलीयाको अन्त्यसँगै टोकन प्रणालीसमेत लागु गेरेको जिल्ला प्रशासन कार्यालयले आफ्नो सेवालाई समय सापेक्षा बनाउँदै लगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.