पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा- पहिरोका कारण सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड अवरुद्ध भएको छ। आज बिहान उक्त राजमार्गको तिनाउ गाउँपालिका वडा नं ३ हेडबक्समा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार पहिरो खुलाउने प्रयास जारी रहेको छ। पहिरोले सडक अवरुद्ध हुँदा पहाड त तराईको यात्रामा निस्किएका यात्रुहरू अलपत्र परेका छ्न। ढुङ्गासहितको पहिरो भएको हुँदा पहिरो हटाउन समस्या भएको ट्राफिक प्रमुख मल्लले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्