सुत्केरीले थलिएकी महिलाको हेलिकप्टरबाट उद्धार

हुम्ला- तीनदिन देखि सुत्केरी व्यथाले थलिएकी हुम्लाको ताजाँकोट गाउँपालिकाबाट एक महिलाको हेलिकप्टरबाट उद्वार गरिएको छ।

महिला स्वास्थ्यचौकीमा भर्ना भएकी ताजाँकोट गाउँपालिका-३ कि १९ वर्षिय मनपुरा मल्ल हमाललाई नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरिएको हो ।

महिला स्वास्थ्य चौकीले प्रयास गरेपनि सुत्केरी गराउन नसकेपछि एयर लिप्टिङ गरेर कर्णाली प्रदेशस्थित प्रादेशिक अस्पताल सुर्खेत पठाइएको ताजाँकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिनुभयो ।

राष्टपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरबाट मल्लको उद्वार गरिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय हुम्ला, ताजाँकोट गाउँपालिकाको प्रयासपछि महिलाको उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको ढकालले नेपाल टेलिभिजनलाई बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.