कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त

मोरङ- कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्री लिम्बुले आजै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री थापाले यही साउन १७ गते तीन जना मन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.