धादिङ र गोर्खा जोड्ने त्रिशुली नदी माथिको झोलुङ्गे पुलमा क्षति

धादिङ- दुई दिनदेखिको लगातार वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीले धादिङ र गोर्खा जोड्ने त्रिशुली नदी माथिको झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

नदीको बहावले पुल नाघेपछि पुलका डेकहरु बगाएको छ भने पुलबाट आवतजावत गर्न नमिल्ने भएको छ । जसले गर्दा गोर्खाको गण्डकी गाउँपालिकास्थित भुम्लीचोकका स्थानीयलाई आवत जावतमा समस्या भएको हो । त्रिशुली नदीले हिजो पुर्‍याएको सबै क्षतिको विबरण भने अझै आईसकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.