जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको फिजियोथेरापी सेवा अवरुद्ध

भक्तपुर- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको फिजियोथेरापी सेवा अवरुद्ध हुँदा ३ हजार ९ सय सेवाग्राही मर्कामा परेका छन् ।

लाखौ खर्चिएर ल्याएको मेसिन थन्किएको छ भने केन्द्रले दि‌दै आएको अन्य सेवा पनि प्रभावित बनेको छ । आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढिरहेका बेला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको फिजियोथेरापी सेवा अवरुद्ध बनेको छ ।

सेवा अवरुद्ध भएपछि दैनिक अस्पताल आउने विरामी समस्यामा परेका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले करार दरबन्दी काटिदिदा सेवा अवरुद्ध भएको केन्द्रका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले बताउनु भयो ।

निःशुल्क रुपमा प्रदान गर्दै आएको फिजियोथेरापि सेवा दिने कर्मचारी नहुँदा अहिले लाखांै खर्चिएर ल्याइएका मेसिनहरु थन्किएका छन् भने फिजियोथेरापिष्ट नहुदा दुःख पाइरहेको विरामीले बताउँछन् ।

सेवा सूचारु गर्न बिरामीले गरेको अनुरोध लगेर मन्त्रालयसंग समन्वय गरिरहेको डा. गिरीको भनाइ छ । आर्थिक वर्ष २०७९÷०८० मा २ हजार ३ सय ९६ महिला, १ हजार ५ सय ३९ पुरुष गरी कुल ३ हजार ९ सय ३५ जनाले केन्द्रबाट फिजियोथेरापी सेवा लिएका छन् ।

त्यसैगरी ओपीडि र औषधालयबाट कुल २७ हजार ६ सय ६४ जना विरामीले सेवा लिएको केन्द्रले जनाएको छ । नागरिक आरोग्य सेवा केन्द्र भक्तपुर नपा–६, चोछें, चाँगुनारायण नपा–५, खरिपाटी र वडा नं. ७, बागेश्वरी, त्यसैगरी सुर्यविनायक नपा–१०, चित्तपोलबाट सेवा दिदै आएपनि केन्द्रले दैनिक १ हजार २ सय १४ जनालाई सेवा दिदै आएको जनाएको छ ।

हाल बहिरंग, पूर्वकम, अकुपंचर, प्याथोलोजी ल्याब, औषधि वितरण जस्ता सेवा आयुर्वेद केन्द्रले दिदै आएका छ । उपत्यका र उपत्यका बाहिरका जिल्लाहरुबाट पनि यहाँ सेवा लिनेहरुको संख्या धेरै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.