पृथ्वी राजमार्ग असोज ४ गतेदेखि राति ५ घण्टा बन्द हुने

धादिङ- स्तरोन्नतिसहित  निर्माणधिन अवस्थामा रहेको पृथ्वी राजमार्ग असोज ४ गतेदेखि रातको समयमा पाँच घण्टा बन्द गरी निर्माण कार्य अघि बढाइने भएको छ ।

यो सडक १५  दिनको लागि राति ५ घण्टा बन्द गरिने भएको हो ।

असोज २० गतेदेखि भने नियमित जस्तै चौविसै घण्टा सडक सुचारु हुने छ ।

पृथ्वी राजमार्गको नौविसे-मलेखु खण्ड राति ११ बजेदेखि विहान ३ बजेसम्म बन्द गरी सडक विस्तारसहित निर्माणको काम गर्न लागिएको हो ।

दिउँसो काम गर्दा सवारीका साधनहरुको चाप निकै हुने र सडक प्रयोग कर्ताहरुलाएई जोखिम बढ्ने भएपछि रातको समयमा काम गर्नका लागि राजमार्ग बन्द गर्ने निर्णय गरिएको नागढुङ्ग-मुग्लिन सडक योजना पुर्वी खण्डका प्रमुख ईश्वर बहादुर रिजालले जानकारी दिनु भएको छ ।

राजमार्ग बन्दको समयमा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागि आएका लामो तथा छोटो दुरीका सवारी साधनहरुलाई राजमार्गको ठाँउ ठाँउमा रोक्ने ब्यवस्थासमेत मिलाइएको छ ।

सो समयमा राजधानीबाट बाहिरिएका सावारीका साधनहरुलाई नौविसेदेखि सिम्लेसम्मका विभिन्न स्थानमा रोकेर बस्ने ब्यवस्था मिलाइएको छ ।

यसैगरी राजधानी प्रवेशका लागि आएका सवारीका साधनहरुलाई धादिङ खण्डमा प्रवेश गरे पछि बेनीघाट रोराङ्ग गाउँपालिकाको माझीमटार,विशालटार र मलेखु लगायत गजुरी गाउँपालिकाको गलौदीमा रोकेर बस्ने ब्यवस्था मिलाइएको छ ।

यससँगै सो राजमार्गमा सवारी चाप कम गर्नका लागि निर्माणको समयमा अन्य बैकल्पिक सडक प्रयोग गर्नसमेत सडक विभागले आग्रह गरेको छ ।

बन्दको समयमा अत्यावश्यक सवारीका साधनहरु, प्रहरी, दमकल, एम्वुलेन्स भने चल्न पाउने पनि विभागले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.