एन्टिबायोटिक औषधी प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन

काठमाडौं- सरकारले एक सय तीन प्रकारका एन्टिबायोटिक (प्रतिजैविक प्रतिरोध) औषधी प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि ती औषधीको प्रयोगका लागि सिफारिस नगरेको ‌औषधी व्यवस्था विभागले जनाएको छ । ती प्रतिजैविक औषधीको प्रयोग गर्न औचित्य नभएको समेत ‍औषधी व्यवस्था विभागले जनाएको छ ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्न प्रयोगमा नल्याउन निर्देशन दिएको बताउनु भयो ।

डलब्चुएचओले प्रयोगमा नल्याउने भनेर तोकेको एक सय तीन प्रकारका प्रतिजैविक औषधीको सूची प्रकाशन गरेको र ‘ती औषधीको दर्ता र प्रयोगका लागि अनुमति नदिइने ढकालले जानकारी दिनु भयो ।

विभागमा दर्ता भएका त्यस्ता प्रकारका प्रतिजैविक औषधीको कच्चा पदार्थ तथा प्राइमरी र सेकेण्डरी प्याकिङ सामग्री मौज्दात विभागमा पेस गर्ने र निर्णय भएको मितिबाट लागू हुने गरी स्वदेशी उद्योगले त्यस्ता प्रकारका औषधीको थप उत्पादन नगर्ने र आयातकर्ताले पनि सो औषधीको थप आयात कार्य नगर्न अनुरोध गरिएको ‍औषधी व्यवस्था विभागले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.