बागमती प्रदेशका उत्कृष्ट बिद्यालय पुरस्कृत

मकवानपुर- राष्ट्रिय शिक्षा दिवसको अवसरमा बागमती प्रदेशका उत्कृष्ट सामुदायिक तथा संस्थागत बिद्यालयहरुलाई पुरस्कृत गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले २०७९ सालको माध्यामिक शिक्षा परिक्षा (कक्षा १०) मा उच्च जिपिए ल्याउने विद्यालयलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेको हो । कम्तीमा ३५ जना विद्यार्थी सहभागी भएका विद्यालयहरुमध्येबाट उच्च जिपिए ल्याउने सामुदायिकतर्फ पाँचवटा र संस्थागततर्फ तीन विद्यालयलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान हो ।

सामुदायिक बिद्यालयतर्फ भक्तपुरको मेधा माध्यमिक विद्यालय प्रथम भएको छ । नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय द्धितीय, काठमाण्डौंको श्रम राष्ट्रिय माध्यमिक विद्यालय तृतिय भएको छ । पृथ्वी नारायण मावि चौथो हुँदा बलम्बु माविले पाँचौ पुरस्कार जितेको छ ।

संस्थागत विद्यालयतर्फ काठमाण्डौंकै तीन वटा विद्यालयले पुरस्कार जितेका छन् । रिलायन्स इन्टरनेसनल एकेडेमी, ह्जि किङ्स इन्टरनेस्नल स्कुल र फ्लोरोसेन्ट माध्यमिक विद्यालय नगद सहित पुरस्कृत भएका छन् । प्

रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १ लाख, ८० हजार र ६० हजार नगद पुरस्कार पाएका छन् । चौंथो र पाँचौ हुनेलाई क्रमशः ४० हजार र ३० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले नगद पुरस्कार, प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

२०७९ सालको माध्यामिक शिक्षा परीक्षामा बागमती प्रदेशबाट १ हजार ३ सय ६२ सामुदायिक र १ हजार ५ सय ४८ संस्थागत गरि २ हजार ९ सय १० विद्यालयको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.