राजस्व अनुसन्धान कार्यालय इटहरीद्वारा कल्याण टेड्रसमा छापा

सिरहा- राजस्व अनुसन्धान कार्यालय इटहरीले मिर्चैयाको संस्था चोकमा रहेको कल्याण टेड्रसमा छापा मारेको छ ।

कर छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागको टोलीले कल्याण टेड्रसमा छापा मारेको हो । विभागले आर्थिक कारोबार सम्बन्धी सबै विवरण नियन्त्रणमा लिँदै कल्याण टेड्रसमा छानबिन सुरु गरेको छ ।

‘उजुरीका आधारमा हामीले कल्याण टेड्रसमा आवश्यक कागजात नियन्त्रणमा लिएका हौं,’ विभागका एक अधिकारीले भने, ‘अनुसन्धान जारी रहेकाले कति कर छली भयो भन्न सकिन्न ।’

डिजिटलरुपमा तयार गरिएका खरिद खाता, बिक्री खाता, बिल बिजक, स्टक सम्बन्धी विवरण नियन्त्रणमा लिएका छौं,’ विभागका एक अधिकारीले भने, ‘कल्याण टेड्रसमा विगतदेखि कर कार्यालयमा बुझाएको विवरण र उसको सिष्टममा भएको विवरण मिलान गर्दै हामी अनुसन्धान गरिरहेका छौं ।’

कल्याण टेड्रसमा सञ्चालक मुरारी साह हुन् । उनी सिरहा कै ठुलो कपडा पसलका थोक बिक्रेता हुन् । उनी हिजो राती घर बाहिर भएको कारणले रातभरि प्रहरी निगरानी गरेको थियो ।

आज साहु मुरारी साह घर आएपछी अनुसन्धान अगाडि बढाएको ईलाका प्रहरी कार्यलय मिर्चैया प्रमुख जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.