बोक्सीको आरोपमा एक बृद्धाको हत्या

धादिङ- उत्तरी धादिङको नेत्रावती गाउँपालिकास्थित वडा नम्वर ४ हजारे भन्ने स्थानमा बोक्सीको आरोपमा एक बृद्धाको हत्या भएको छ ।

आफुलाई बोक्सी लगाएर कुप्रो बनाई दिएको आरोपमा हजारे निवासी ३५ वर्षीय मंगल गुरुङ्गले धारिलो हतियारको प्रयोग गरी ७० वर्षीय सुकुमाया गुरुङ्गको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जानकारी दिनुभएको छ ।

हत्याको आरोपित गुरुङ्ग केही वर्षअघि नेपाली सेनामा जागिर खान गएको र कुप्रो भएको कारण सेनामा भर्ती हुन नपाएपछि गाउँमै धामी लगाएर हेर्दा सुकुमायाले बोक्सी लगाई दिएका कारण कुप्रो भएको र जागिर खान नपाएको भनेपछि सोही रिसका कारण हत्या गरेको स्विकारेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको हो ।

घटनाका आरोपित मंगल गुरुङ्गलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । निजलाई कर्तव्य ज्यानमा मुद्दा चलाईने पनि जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.