नेपालगञ्जमा कर्फ्यू : सामाजिक सदभाव कायम गर्न प्रशासनको आग्रह

 बाँके- नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरिएको हो ।

हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुन नदिन कर्फ्यू आदेश जारी गरिएको स्थानीय प्रसाशनले जनाएको छ।

आज ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

ठूलो संख्यामा निस्किएको र्‍यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको हो ।बजार क्षेत्रमा ५ सय बढी प्रहरीहरु परिचालन गरिएको छ । १०० बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि परिचालित गरिएको छ ।

नेपालगञ्जमा सम्भावित तनावलाई मध्यनजर गर्दै आज बिहान सदभाव र्‍यालीसमेत निकालिएको थियो ।

सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो ।

समाजिक र धार्मीक सदभाव भडकाउने गतिविधि गरेमा स्थानीय प्रशासनले कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.