नेपाल एआईबीडीको कार्यकारिणी समितिको उपाध्यक्षमा निर्वाचित

मौरिसस-  एआईबीडीको कार्यकारिणी समितिमा नेपाल उपाध्यक्षमा निर्वाचित भएको छ ।

कार्यकारिणी समितिमा अब नेपालको तर्फबाट नेपाल टेलिभिजनले २ बर्षका लागि उपाध्यक्षको भूमिकामा काम गर्नेछ ।

सन् १९७७ देखि नेपाल टेलिभिजन र रेडियो नेपाल एआईबीडीको संस्थापक सदस्य रहेका छन् ।

यी सदस्यहरु मध्ये अब यस अघिको कार्यकालमा  रेडियो नेपाल कार्यकारिणी सदस्यमा रहेको थियो ।

२१ औँ साधारणसभामा  नेपालको तर्फबाट नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाह र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रतिनिधित्व गर्नुभएको थियो ।

यसैगरी, कार्यकारिणी समितिको अध्यक्षमा भने थाइल्याण्ड निर्वाचित भएको छ । एआईबीडीको कार्यकारिणी समितिमा १० वटा राष्ट्रहरू सदस्य रहने प्रावधान छ । नेपालसहित फ्रान्स, कम्बोडिया, कोरिया भियतनाम, मलेसिया, श्रीलङ्का, थाइल्याण्ड कार्यकारिणी समितिमा निर्वाचित भएका छन् ।

यसैगरी, मौरिससको  वालाक्भामा सम्पन्न  एआईबीडीको  २१ औँ साधारण सभाले  भारतलाई आगामी दुई वर्षका लागि सभापति र कम्बोडियालाई उपसभापतिमा  निर्वाचित गरेको छ । साधारण सभा र ४८ औँ वार्षिक भेला  अक्टोवर २ देखि ४ सम्म र भएको थियो ।

एआईबीडी सन् १९७७ मा स्थापित एसिया प्यासिफिक क्षेत्रको  प्रसारण क्षेत्रको विकास र विस्तारमा विशेष भूमिका खेल्दै आएको एक अन्तर्राष्ट्रिय संस्था हो ।

यसले स्थापनाकालदेखि  प्रसारणको क्षेत्रीय नीति, विश्वव्यापी रुपमा प्रसारण सम्बन्धी चुनौतीहरूको जानकारी, साधन स्रोतको विकास, मिडिया उद्योगमा नवीनतम प्रयोग तथा सूचना प्रविधिको उच्चतम प्रयोग तथा प्रसारण सामाग्री उत्पादन र प्रसारणको  सम्बन्धमा सदस्य राष्ट्रहरूलाई सघाउँदै आएको छ ।

हाल एआईबीडीमा  ४४ राष्ट्रहरू  सदस्य रहेका छन् । यसको केन्द्रीय कार्यालय मलेसियामा रहेको छ ।

एआईबीडी को सचिवालय निर्देशकका रूपमा मलेसियाकी मिस फिलोमेना कार्यरत हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.