धादिङमा रैथाने धान बाली लोप हुँदै

धादिङ – पछिल्लो समय धादिङका किसानहरु स्थानीय जातको धान रोप्न छाडेर विकासे प्रजातीको धान खेतीमा आकर्षित भएका छन् ।  जिल्लामा स्थानीय जातका मनभोग, राजभोग, कालोकठो जस्ता रैथाने जातका धानबाली लोप हुने अवस्थमा पुगेका छन्।

स्थानीय जातको धानको उत्पादन कम हुने भएपछि स्थानीय जातको धानको मुल्य पनि महँगो भएको छ  छ । गत वर्ष चार हजार पाँच सय प्रति मुरी धानको मुल्य बसोकोमा यस वर्ष छ हजारसम्म पुगेको स्थानीयहरु बताउछन् ।

विभिन्न प्रकारका बर्णसंकरण जातका खाद्यान्न बाली पत्ता लगाएसंगै मुलुकभर बर्णशंकर जातका बालीले बर्चस्व बढदै गएको छ ।

धादिङमा पनि अधिकांश किसानले बर्णसशंकर जातका धान खेती गरेका छन् । उत्पादन धेरै हुने भएपछि किसानहरुले स्थानीय जातको साटो विकासे प्रजातकिा धानको रोजेको बताउछन् ।विषेश गरी जिल्लामा स्थानीय जातको धान बाली  लोप हुने अवस्थमा पुगेको छ ।

यस वर्ष धादिङ जिल्लामा विषेस गरी सावित्रि, रानी,एकहत्तर,जिरा मसिनोलगाएतका विकासे प्रजातीका धान बाली कृषी ज्ञानकेन्द्र धादिङले जनाईएको छ । यस बर्ष धानको उत्पादन बढने ज्ञानकेन्द्रको प्रक्षेपण रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.