बल्खुमा युवा संघ र दुर्गा प्रसाईं पक्षबीच सामान्य झडप
काठमाडौँ- काठमाडौँको बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समूहवीच झडप भएको छ ।
यी दुई पक्षबीच केहीबेर अघि ढुङ्गा हानाहान भएको हो ।
दुई समुहबीच ढुंगा हानाहान भएपछि केहीवेर बल्खु क्षेत्रको यातायात प्रभावित भएको थियो ।
अहिले स्थिति सामान्य भएको प्रहरीले जनाएको छ।
अहिले दुबै समुहले बेग्ला बेग्लै र्याली निकाली प्रशासनले तोकेको स्थानमा सभा गर्दैछन ।
युवा संघले काठमाडौँको तीनकुनेमा सभा आयोजना गरेको छ भने प्रसाईं पक्षले बल्खुमा सभा आयोजना गर्दैछ ।
एकै दिन छुट्टाछुट्टै परस्पर विरोधी कार्यक्रम आयोजना गर्ने घोषणा गरेपछि अवान्छित गतिविधिहरु हुन नदिन काठमाडौं र ललितपुरका निश्चित क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ । आज काठमाडौँ र ललितपुरमा भने उच्च सुरक्षा ब्यबस्था मिलाइएको छ ।।






प्रतिक्रिया राख्नुहोस्