जिल्लास्तरिय भलिवलको उपाधि दुप्चेश्वरलाई

नुवाकोट – गाँउस्तरवाटै भलिवल खेलको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको लिखुमा अन्तरपालिका जिल्लास्तरि भलिवल प्रतियोगिता सम्पन्न भएको छ । तीन दिनसम्म सन्चालित सो प्रतियोगितामा दुप्चेश्वर गाँउपालिकाले उपाधि जितेको छ ।
नुवाकोट भलिबल संघको आयोजनामा सम्पन्न सोे प्रतियोगितामा दुप्चेश्वरले प्रतिस्पर्धी तादी गाउँपालिकालाई पराजित गरेर विजयी भएको हो । अन्तर पालिकास्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिता गरिएको हो ।
लिखु गापा ४ चौघडास्थित क्षेत्रपाल माद्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा पञ्चकन्या गाउँपालिका तेस्रो र विदुर नगरपालिकाले सान्त्वना स्थान जितेका छन् ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै, सान्त्वना स्थान प्राप्त गरेकाले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता, उपविजेता पालिकालाई पुर्व युवा तथा खेलकुदमन्त्रि, प्रतिनिधि सभा सदस्य हितवहादुर तामाङले नगदका साथै शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरि पुरस्कृत गरे ।
उनले खेलवाटै मानवीय जीवनको सकारात्मक विकास हुने वताए । खेल खेलाििडका तर्फवाट आफुले सकेको सहयोग गर्ने उनको भनाई छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीमा दुप्चेश्वरका राजकुमार तमाङ, उत्कृष्ट व्लकर पुष्कर थापा र उत्कृष्ट सटर मीनबहादुर तामाङ पुरस्कृत भएका छन् । यस्तै, उत्कृष्ट स्पाईकर तादीका अभिषेक शाहीठकुरी, उत्कृष्ट डिफेन्डर पञ्चकन्याका सुबास कार्की र उत्कृष्ट सर्भर विदुरका सन्तोष थापा पुरस्कृत भए ।
विभिन्न ६ विद्याका उत्कृष्ट खेलाडीले नगद ५ हजार र अन्य खेलाडीहरुले २ हजार नगद पुरस्कार र मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमेशकुमार महत, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राइलगायतले पुरस्कार वितरण गरेका थिए ।
सो प्रतियोगितामा नुवाकोटका ११ पालिकाले सहभागिता जनाएको जिल्ला भलिबल संघले जनाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.