जिल्लास्तरिय भलिवलको उपाधि दुप्चेश्वरलाई

नुवाकोट – गाँउस्तरवाटै भलिवल खेलको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको लिखुमा अन्तरपालिका जिल्लास्तरि भलिवल प्रतियोगिता सम्पन्न भएको छ । तीन दिनसम्म सन्चालित सो प्रतियोगितामा दुप्चेश्वर गाँउपालिकाले उपाधि जितेको छ ।
नुवाकोट भलिबल संघको आयोजनामा सम्पन्न सोे प्रतियोगितामा दुप्चेश्वरले प्रतिस्पर्धी तादी गाउँपालिकालाई पराजित गरेर विजयी भएको हो । अन्तर पालिकास्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिता गरिएको हो ।
लिखु गापा ४ चौघडास्थित क्षेत्रपाल माद्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा पञ्चकन्या गाउँपालिका तेस्रो र विदुर नगरपालिकाले सान्त्वना स्थान जितेका छन् ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै, सान्त्वना स्थान प्राप्त गरेकाले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता, उपविजेता पालिकालाई पुर्व युवा तथा खेलकुदमन्त्रि, प्रतिनिधि सभा सदस्य हितवहादुर तामाङले नगदका साथै शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरि पुरस्कृत गरे ।
उनले खेलवाटै मानवीय जीवनको सकारात्मक विकास हुने वताए । खेल खेलाििडका तर्फवाट आफुले सकेको सहयोग गर्ने उनको भनाई छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीमा दुप्चेश्वरका राजकुमार तमाङ, उत्कृष्ट व्लकर पुष्कर थापा र उत्कृष्ट सटर मीनबहादुर तामाङ पुरस्कृत भएका छन् । यस्तै, उत्कृष्ट स्पाईकर तादीका अभिषेक शाहीठकुरी, उत्कृष्ट डिफेन्डर पञ्चकन्याका सुबास कार्की र उत्कृष्ट सर्भर विदुरका सन्तोष थापा पुरस्कृत भए ।
विभिन्न ६ विद्याका उत्कृष्ट खेलाडीले नगद ५ हजार र अन्य खेलाडीहरुले २ हजार नगद पुरस्कार र मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमेशकुमार महत, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राइलगायतले पुरस्कार वितरण गरेका थिए ।
सो प्रतियोगितामा नुवाकोटका ११ पालिकाले सहभागिता जनाएको जिल्ला भलिबल संघले जनाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.