बढ्यो पर्यटकको चहलपहल: दस महिनामा ८ लाख पर्यटक भित्रिए

काठमाडौं-  मुलुकको अर्थतन्त्रका धेरै सूचकहरुमा अपेक्षकृत सुधार हुन नसकिरहेका वेला  पर्यटन व्यवसाय भने पुरानै लयमा फर्किएको छ । नेपाल पर्यटन वोर्डको तथ्याङक अनुसार गएको १० महिनामा ८ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् ।

पछिल्लो एक महिनामा मात्र हवाईमार्ग भएर एक लाख १७ हजार बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०२३ जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख बढी विदेशी पर्यटक नेपालमा आएको वोर्डको तथ्याङकले देखाएको छ । पछिल्लो समय बङ्गलादेश, भियतनाम, चीन र भारतलगायत मुलुकबाट विमान चार्टर्ड गरी पर्यटक आउने क्रम बढेको छ ।

पर्यटकको बाक्लो आगमन सँगै  पर्यटन गतिविधि बढ्दा यस क्षेत्रका व्यवसायी उत्साहित बनेका छन् । यसबाट मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पर्यटन क्षेत्रको आम्दानी ५१ प्रतिशतले बढेर १७ अर्ब रुपैयाँ बढी पुगेको छ ।

खासगरी छोटा तथा मध्यम रुटका ट्रेकिङ गन्तव्य तथा पर्यटकीय क्षेत्रमा  पर्यटकको चहलपहल बढेको पर्यटन ब्यवसायीहरु बताउछन् ।

अन्नपूर्ण बेस क्याम्प र सगरमाथा आधार शिविर खुम्बु क्षेत्रमा बह्य पर्यटकहरुको चहल पहल बढिरहँदा काठमाडौँ आसपासका पाँचपोखरी, सैलुङ, कालिञ्चोक, लाङ्टाङ मध्यवर्ती क्षेत्र–गोसाइँकुण्ड, रुविभ्याली लगायतका क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो पनि उत्तिकै छ ।

यस्तै केही लामो दुरीका कम्तीमा एक हप्ता समय लाग्ने ट्रेकिङ रुटहरू मार्दी, एबीसी घान्द्रुक–पुनहिल, मनाङको तिलिचोदेखि कर्णालीको रारासम्म पर्यटकको आवागमन बढेको स्थानीय ब्यवसायीहरु बताउछन् । अक्टोबर–नोभेम्बर महिना पर्यटनको मुख्य सिजनको महिनामा हो ।

सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य रखेको छ । अक्टोबरसम्ममा करिब ८ लाख पर्यटक भित्रिसकेकाले बाँकी अवधिमा २ लाख पर्यटक सहजै भित्रिने वोर्डका प्रवक्ता लामिछानेले बताउनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.