सिलपाखामा मोटर बाटो पुर्‍याउन मेयरको नेतृत्वमा श्रमदान सुरु

सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्‍याउन बाटोको ट्र्याक खोल्ने कार्य सुरु गरिएको छ ।

हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई बराहक्षेत्र मन्दिरस्थित तमोर करिडोरबाट मोटर बाटोले जोड्न ट्र्याक खोल्ने कार्य नगर प्रमुख रमेश कार्कीले श्रमदान अभियानमार्फत उद्घाटन गर्नु भएको छ ।

वडा नं १ का अध्यक्ष किसन मगर, सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिगबहादुर गोले सहितको टोली, स्थानिय वडा सदस्यहरु, प्राबिधिकसहित बाटोको ट्र्याक खोल्ने कार्यको उद्घाटन गर्न श्रमदान अभियानमा आएका नगर प्रमुख कार्कीलाई स्थानिय वराहक्षेत्र मन्दिरबासि, बडाबासिसँगै बाक्सिङटार, सिलपाखाका स्थानियले सहयोग गरेका थिए ।

दुईवटा टोलमा गरेर करिब ३० घर रहेको उक्त गाउँ बराहक्षेत्र नगरपालिको सिरानमा रहेको छ । बराहक्षेत्र मन्दिरबाट करिब तीन किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा मोटर बाटो पुर्‍याउने योजना अनुसार ट्र्याक खोल्न सुरु गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.