चिच्चाएर वर माग्ने अनौठो मेला सकियो, भेटी मात्रै उठ्यो १८ लाख

पाल्पा – नेपालकै अनौठो मध्येको एक पाल्पाको तिनाउ गाउँपालिका ४ सत्यवती तालमा लागेको पाँच दिने धार्मिक मेलामा १८ लाख ५० हजार ३ सय ३१ रुपैयाँ भेटी संकलन भएको छ ।
प्रत्येक वर्ष कात्तिके एकादशीको अवसरमा लाग्दै आएको चिच्चाएर वर माग्ने धार्मिक मेलामा पाल्पा सहित छिमेकी मुलुक भारतबाट समेत भक्तजन आएका थिए ।

आफुले चाहेको मनोकामना पुरा हुने धार्मिक विश्वसका कारण हरेक बर्ष लाखौंको संख्यामा यहाँ श्रदालुभक्तजन आउने गर्दछन । यस वर्ष पनि करिब साढे दुई लाख झत्तजनले सत्यवती बजैको दर्शन गरेको मेला मुल आयोजनक समितिका संयोजक एवं तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

यस वर्ष जोक नपरेका कारण गत वर्ष भन्दा यस वर्ष करिब एक लाख भक्तजन घटेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । जोक परेको वर्ष गरेको भाकल पुरा हुने जनविश्वास रहेका कारण जोक वर्षमा भक्तजन धेरै पुग्ने गरेका छन ।
गत वर्षको सत्यवती बजैको चिच्याएर वर माग्ने मेलामा झण्डै पौने चार लाख भक्तजनले मन्दिरको दर्शन गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.