नवलपुरका विद्यार्थीसंग राम्रो छुवाई र नराम्रो छुवाईवारे सचेतनामुलक छलफल

नवलपुर – लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान २०८० को अवसरमा “ लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालिकामा लगानीको ऐक्यवद्धता“ नारा सहित राम्रो छुवाई र नराम्रो छुवाई सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ।

कावासोती नगरपालिका वडा नं १ रिठ्ठेपानी अन्तर्गत रहेको जनकल्याण माध्यमिक विद्यालयमा जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलान स्विजरल्याण्डको सहयोग कावासोती वडा नं १ का विद्यालय स्तरको बालक्लवको समन्वयमा सो कार्यक्रम गरिएको हो ।
बालबालिकाहरुलाई हिंसा तथा दुर्व्यवहार भनेको के होरु राम्रो छुवाई र नराम्रो छुवाई भनेको के होरु हिंसा तथा दुर्व्यवहार कहाँ कहाँ, को बाट र कसरी हुन्छरु, हिंसा तथा दुर्व्यवहार पर्यो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ र हटलाईन नम्बरहरु केके हुन् रु हिंसा र दुर्व्यवहारबाट कसरी सुरक्षित हुने र उपायहरु केके हुन सक्छन भन्ने विषयमा छलफल हुनुका साथै किशोरीहरु र सहभागी शिक्षिकाहरु बिच विभिन्न परिस्थिति र समयमा आफुमा हिंसा पर्दाको अनुभवहरु समेत साटासाट भएको थियो ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सामाजिक परिचालक राधा देवी बोटेले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सचेतनामुलक कार्यक्रम गर्नुको उदेश्य तथा वर्तमान समयमा महिला र बालबालिकाको तथ्यांक र नेपालमा हिंसाको अवस्थाको बारेमा जानकारी दिए ।

No description available.

त्यस्तै ५५ जना किशोरी, २ जना साथी शिक्षक, ४ जना महिला गरि ६१ जनाको सहभागिता रहेको कार्यक्रम सहजीकरण किशोरी अभियन्ताहरु प्रतीक्षा वि।क। र प्रकृति अर्यालले गरेका थिए । विद्यालयस्तरीय बाल क्लवका अध्यक्ष निर्मला गेलाङ्ममगरको सभाध्यक्षता रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशा गैरे ब्लोनको प्रमुख अतिथ्यतामा शिक्षिका शकुन्तला पराजुली र सुस्मा पाण्डे, विद्यालय बालक्लवका अन्य सदस्यहरु, किशोरीहरु, साथी शिक्षकहरु र सहजकर्ता राधा देवी बोटेको उपस्थितिमा भएको रहेको थियो ।

त्यसैगरि कार्यक्रममा सहभागीहरुले म हिंसा गर्दिन, गरेको पनि सहन्न, हिंसा गरेको पाएमा उजुरी गर्नेछु भन्ने ऐक्यवद्धता सहित प्रतिवद्धता व्यानरमा हस्ताक्षर समेत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.