सडक मर्मत नहुँदा धादिङमा दुर्घटना बढ्याे

धादिङ – स्थानीय तह निर्वाचनका बेला सबै दलहरुको मुख्या नार बनेको सडक विस्तार र मर्मतको काम धादिङमा अझै पुरा हुन सकेको छैन । मध्य बजारमा विग्रिएको र भत्कीएका सडक मर्मतमा चाससो नदीने स्थानीय तहले ग्रामिण वस्तिहरुको विकासका कुरा त निकाल्नै छाडेको छ ।
यस्तै विडम्वनाका भोग्दै आउनुपरेको छ नीलकण्ठ नगरपालिकास्थित सिरानबजारका स्थानीयले । मध्य बजारको सडक भासिएको नौ वर्ष पुग्न लाग्दा समेत स्थानीय तहले यसको मर्मतमा चासो नदिएको गुनासो गरेका छन् । जस्का कारण बजार क्षेत्रका घरहरु समेत पहिरोको जोखिममा रहेको छ ।
सडकमा दुर्घटना पनि बढेकाे छ । भत्किएको र भासिएको सडक निर्माणमा कसैले चासो नदेखाएको आरोप समेत स्थानीयले लगाएका छन् । सो स्थानमा सडक २०७२ सालमा भुकम्प पछी वर्षाका कारण भासीएको हो । सडक दैनिक जसो चिरियर भासीदै जान थालेको छ । सामान्य मर्मत गर्दै सवारी चलाउने गरेको सो सडक दिर्घकालीन रुपमा नै यसको मर्मत गर्नु पर्ने माग स्थानीयको माग गरेका छन् ।
नीलकण्ठ नगरपालिकाले भने आफ्नो काम नभएको सडक विभागले गर्नु पर्ने बताउदै अाएकाे छ । साे सडकको करिव पचास मिटर क्षेत्रफल चिरिएको छ भने एक मिटर तल भासीदै गएको छ । यसको समयमा नै मर्मत नगर्ने हो भने थप समस्या आउने पक्का छ ।।






प्रतिक्रिया राख्नुहोस्