गण्डकी प्रदेश प्रमुख गुरुङलाई बागमती प्रदेशको पनि कार्यभार
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले वाग्मती प्रदेशको प्रमुखमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई केही समयकालागि वाग्मती प्रदेशको प्रमुखको कार्यभार तोक्नुभएको छ ।
राष्ट्रपति कार्यालयले आज एक बिज्ञप्ती जारी गर्दै बाग्मती प्रदेशका प्रमुख यादवदचन्द्र शर्मा चीन भ्रमणमा जान लाग्नु भएकोमा सो अवधिभरका लागि गुरुङलाइ प्रमुखका लागि तोक्नुभएको हो ।
मन्त्रीपरिषद् बैठकले गुरुङलाई तोक्नका लागि राष्ट्रपति पौडेलसामु सिफारिस गरेको थियो ।
शर्मा मंसिर १६ देखि २१ गतेसम्म चीन भ्रमणमा जानुहुने कार्यक्रम रहेको छ ।।







प्रतिक्रिया राख्नुहोस्