नक्कली भुटानी शरणार्थी प्रकरण : केही प्रतिवादी लाई थुनामै राख्ने आदेश सदर,केही साधारण तारिखमा रिहा

काठमाडौ – उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतलाई केही प्रतिवादीहरुलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ । केही प्रतिवादीहरुलाई साधारण तारिखदेखि धरौटी छोडन सक्ने आदेश गरेको छ ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँणका सम्बन्धमा जिल्ला अदालतको फैसला सदर गर्ने विषयमा न्यायाधीशको राय बाझिएको छ ।
नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले केही प्रतिवादीको हकमा जिल्ला अदालतको आदेश सदर गरिदिएको हो केहीलाई प्रतिवादीमा छाडेको हो ।






प्रतिक्रिया राख्नुहोस्