विमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ: मुख्यमन्त्री चौधरी

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अबस्था आएको बताउनु भएको छ ।

विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आबश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले विमामा गुमिरहेको विश्वास फर्काउनु पर्ने बताउनु भयाे ।

नेपाल विमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र विमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताउनु भएको हाे ।

कोरोना पछि विमा कम्पनीहरुको विश्वास गुम्दै गएको भन्दै अव विश्वसनीयता बढाउन सके प्रदेश सरकारले समेत आबश्यकता अनुसार विमा नीति बनाउने जानकारी दिनुभयाे ।

कार्यक्रममा सहभागिहरुले विमा भुक्तानीमा समस्या र झन्झेट हुने गरेकोले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका थिए । उनीहरुले कोरोना विमाको रकम अहिले सम्ममा पनि भुक्तानी नभएको गुनासो समेत गरेका थिए । त्यसै गरेर कृषिमा वाली विमा गर्नु पर्ने, पूर्वाधारको विमा गर्दा सहज हुनु पर्ने र जीवन विमामा भुक्तानीमा छिटो छरितो गरिनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा अर्थमन्त्री धन बहादुर मास्की, स्वास्थ्य मन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, प्रमुख सचिव राधिका अर्याल लगायतकाले धारण राख्नु भएको थियाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.