बनेपाको चारदोबाटाे चोकमा हिंसा विरुद्ध नाटक

काभ्रे – साेह्र् १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानका क्रममा जिल्ला समन्वय समिति काभ्रेले बनेपाको चारदोवाटोमा सडक नाटक प्रस्तुत गर्दै जिल्लामा नेतृत्व गरिरहेका विभिन्न कार्यालयका प्रमुख महिलाहरुलाई सम्मान गरेको छ ।
समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले लैङ्गिक हिंसा विरुद्धको अभियानका क्रममा जनचेतनामुलक सडक नाटक प्रस्तुत गरी सांगितिक कार्यक्रम मार्फत हिंसा न्यूनिकरण गर्ने प्रयत्न गरिएको बताउनुभयो ।

हिंसा नगर्ने प्रतिवद्धता आफैबाट शुरु गर्नु पर्ने बताउँदै समन्वय समिति प्रमुख गौतमले जिल्लालाई हिंसा नहुने अर्थात हिंसा कम भएको जिल्लाका रुपमा चिनाउन सबै क्षेत्रको उत्तिक्कै भूमिका आवश्यक हुने बताउनुभयो ।
बनेपा नगर उपप्रमुख बिमला सापकोटा दाहालले लैंगिक हिंसा न्युनिकरण गर्ने हो भने सबैले म लैंगिक हिंसा गर्दिन भन्ने प्रतिवद्धता गर्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सर्वप्रथम लैंगिक हिंसाबारे बुझ्न जरुरी रहेको भन्दै यसको बिरुद्ध बर्षभरी नै अभियान चलाउन जरुरी भएको तर्क गरिन । लैंगिक हिंसाका विभिन्न स्वरुप हुने भन्दै उनले त्यसबारे कानुनी व्यवस्थाहरु जानकारी गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, पनौती नगर उपप्रमुख गिता बन्जारा, बनेपा नगर उपप्रमुख बिमला सापकोटा, पाँचखाल नगर उपप्रमुख सुर्यमाया दनुवार, प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेका प्रमुख वशम्वद्म्वा कौडिन्यायनी, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख अनिता खनाल र भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख श्रीजा वाग्ले र जिल्लामा निर्वाचित एकमात्र वडाअध्यक्ष महिला शुभलक्ष्मी मानन्धरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा चर्चित कलाकारहरु आयुषा गौतम लगायतले गित मार्फत सन्देशमुलक सांगितिक प्रस्तुती गरेका थिए भने सडक नाटकले हिंसा न्यूनिकरणका लागि सबैको भूमिका अनिवार्य रहेको सन्देश दिएको थियो ।
कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, अध्यक्ष तथा उपाध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी लगायतका सुरक्षा निकायका प्रमुखहरु, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरु, विद्यार्थी तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.