डोटीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

डोटी- डोटीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएकाे छ । विवरण पेस गरेको लामो समयपछि जिल्लामा राष्ट्रिय परिचयपत्र पुगेपछि वितरण कार्य सुरु गरिएको हाे ।
परिचयपत्र सम्बन्धित व्यक्तिको पुनः बायोमेट्रिक भेरिफाई गरेर मात्र कार्ड वितरण हुने हुँदा स्वयं व्यक्ति उपस्थित हुनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनुभयाे ।

प्रशासनले परिचयपत्र बाहकको नाममा मोबाइलमा सन्देश पठाएर पश्चात् मात्र प्रशासन कार्यालयमा परिचयपत्र लिनसमेत अर्यालले सबैमा आग्रह गर्नुभयाे ।
प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने अरूमार्फत वितरण गर्न नसकिने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा हाल सम्म विवरण पेस गरेका मध्ये हाल १० हजार एक सय ६५ परिचयपत्र जिल्लामा पुगेको छ ।
डोटीमा राष्ट्रिय परिचयपत्रका लागि विसं २०७७ भाद्र २८ गते देखि विवरण सङ्कलनको काम सुरु गरिएको थियो ।

हालसम्म ९६ हजार १ सय २१ जनाको विवरण सङ्कलन गरिएको प्रजिअ अर्यालले बताउनभयाे। ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.