लुम्बिनी प्रदेश गृह मन्त्रालय र एनटिभी कोहलपुरले सहकार्य गर्ने

दाङ- लुम्बिनी प्रदेश गृह मन्त्रालय र एनटिभी कोहलपुर विच ‘समृद्धिका पाइला’नामक टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण सम्वन्धि दुई पक्षीय सम्झौता भएको छ ।

आज (बिहिवार) राप्ती उपत्यका देउखुरीस्थित गृह मन्त्रालयमा चालु आर्थिक बर्ष २०८०/८१ का लागि लुम्बिनी प्रदेशका विकास निर्माण र प्रदेशको महत्वपूर्ण गतिविधि समेटेर कार्यक्रम उत्पादन तथा प्रशारण गरिने गरी सम्झौता भएको हो ।

गृह मन्त्रालयका सचिव लालबावु कवारीको उपस्थितिमा गृह मन्त्रालयका अधिकृत कालिदास बस्याल र एनटिभी कोहलपुर प्रमुख विजयकुमार बर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

असार मसान्तसम्म एनटिभी कोहलपुरले साप्ताहिक रुपमा कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.