धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपातको प्रयास

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा हातपातको प्रयास भएको छ ।

समृद्धिका लागि संकल्प यात्राका क्रममा धनकुटा प्रबेश गर्ने वित्तिकै अध्यक्ष ओलीमाथि दुर्व्यवहार भएको हो ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका स्थानीय महेश राईले स्वागतको क्रममा ओली माथि दुर्व्यवहार गरेका हाम्रा धनकुटा संवाददाता ईश्वर थापाले जनाएका छन।

हातपात गर्ने प्रयास गरेका राईलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको धनकुटाका प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिनुभएको छ ।

दुर्व्यवहारको कारण खुल्न नसकेको भएपनि कोशी प्रदेश नामाकरणको विषयलाई लिएर पहिचाहनबादीहरुले ओली लगायतका केही नेताहरुलाई प्रदेश प्रवेशमा नै रोक लगाउने भन्दै आएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.