एफपीओ र मर्जरमा प्राप्त लाभमा कर लाग्ने सर्वोच्चको फैसला

काठमाडौँ- बैंक तथा बीमा कम्पनीले एफपीओको प्रिमियम र मर्जरको पर्चेज गेनबाट भएको आम्दानीमा कर तिर्नुपर्ने भएको छ ।

बैंक तथा बीमा कम्पनीले एफपीओको प्रिमियम र मर्जरको पर्चेज गेनबाट भएको आम्दानीमा कर तिर्नुपर्ने भएको छ ।

बैंक तथा बीमा कम्पनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र संघीय संसद सचिवालयलाई विपक्ष बनाएर दायर गरेको रिट सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेसँगै उक्त आम्दानीबाट कर तिर्नुपर्ने भएको हो ।

सरकारले बजेटमार्फत मंसीरमसान्तसम्म सो बापतकाे कर दाखिला गरेमा शुल्क र व्याज मिनाहा गर्ने घोषणा गरेका थिए ।

आज (बिहीबार) सर्वोच्चले रिट खारेज गरेसँगै अब बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुलाई करमा लाग्ने अतिरिक्त शुल्क र व्याज मिनाहा लिन पाउने समय भोलि शुक्रबार मात्रै उपलब्ध रहेको छ ।

पर्सि शनिबार मंसिर महिनाको अन्तिम दिन भए पनि सार्वजनिक बिदा परेको कारण भुक्तानी गर्न सकिने अवस्था छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.