सिम्रौनगढ घटनाः नगरप्रमुखलाई चौबीस घण्टे अल्टिमेटम

बारा- बाराको सिम्रौनगढ नगरपालिकामा तलब माग गर्दै ६० दिनदेखि शान्तिपुर्ण आन्दोलनमा बसेका कर्मचारीमाथि नगरप्रमुख र स्थानीय प्रहरी निरीक्षक रविभुषण यादवको निर्देशनमा झडपको अवस्था आएको भन्दै कारवाहीका लागि चौबीस घण्टाको अल्टिमेटम दिएका छन् ।

मृतकका परिवार, जनप्रतिनिधि र कर्मचारीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र दिंदै यस्तो जनाएका हुन् । घटनामा एकको मृत्यु भएको भन्दै निर्देशन दिने प्रहरीको निलम्बनसहित नगरप्रमुख किसोरी साह कलवारमाथि कर्तव्य ज्यान मुद्धा दर्ता गर्न माग गरेका छन् ।

छ बुँदे माग राखी ज्ञापनपत्र बुझाएका उनीहरुले माग पुरा नभए सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । जननिर्वाचित प्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी र परिवारका सदस्यहरुसहितको टोलीले सिम्रौनगढका नगरप्रमुखले नै घटना गराएको भन्दै प्रमुख जिल्ला अधिकारी सापकोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन ।

ज्ञापनपत्र बुझ्दै गोली हानी हत्या गर्नु निकै दुखद भएको बताउँदै मागप्रति आफु सकारात्मक रहेको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताउनुभयो । उहाँले मृतकलाई शहीद घोषणा, क्षतिपुर्ति तथा रोजगारीको बिषयमा चाँडै प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

ज्ञापनपत्रको बोद्धार्थ प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयमा समेत पठाइएको छ । ज्ञापनपत्र बुझाउनु अगाडी जिल्ला प्रशासन कार्यालयको गेट अगाडी मृतकमा आफन्त, नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा सिम्रौनगढ नगरपालिकाका निर्वाचित अधिकांश प्रतिनिधिहरुले नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.